नेपालगन्ज । जनमत पार्टीले ३ जना नेताहरूलाई कार्यविभाजन गरेको छ। आइतबार जनमत पार्टी केन्द्रिय समितिले २ जना नेताहरूलाई जिल्ला इन्चार्ज र एक जनालाई प्रसाशकिय समन्वय बिभागकाे केन्द्रिय प्रमुख मा मनोनीत गरि नेताहरूको कार्यभार र जिम्मेवारी विभाजन समेत टुंगो लगाएको हो।
जसअनुसार बाँकेकाे जिल्ला इन्चार्जमा लुम्बिनी प्रदेश खसआर्य प्रदेश प्रमुख समेत रहेका तेज नारायण कँडेललाई मनोनयन गरेको छ भने सप्तरी जिल्ला इन्चार्जमा रामगमन साहलाई मनोनीत गरेको छ ।
त्यस्तै बुद्वीराज न्याैपानेलाई प्रसाशकिय समन्वय बिभागकाे केन्द्रिय प्रमुखको मनोनीत गरि कार्यभार र जिम्मेवारी विभाजन समेत टुंगो लगाएको हो।