नेपालगन्ज- नयाँ मन्त्रीमण्डल विस्तारसँगै सत्ता साझेदार जनमत पार्टीले सरकार छाडेको छ । उद्योग मन्त्रालय दाबी गर्दै आएको राउतको दलले आफूले भनेको मन्त्रालय नपाएपछि पदको लागि मात्रै सरकारमा बस्नुको औचित्य नरहेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
हिजोसम्म राउतको दललाई उद्योग मन्त्रालय दिने सहमति गरिरहेका प्रचण्डले आज अकस्मात् नेपाली काँग्रेसका नेता रमेश रिजाललाई मन्त्री नियुक्त गरेका थिए । सोसँगै राउतले सरकार छाडेको घोषणा गरेका हुन् ।
उनी जनतालाई प्रत्यक्ष सेवा गर्न सकिने उद्योग वा कृषि मन्त्रालयमा जान चाहन्थे । तर उनको पार्टीलाई खानेपानी मन्त्री दिइएको थियो । तर नयाँ मन्त्रिमण्डल गठन हुँदा पनि आफूले भनेको मन्त्रालय नपाएपछि राउत निराश बनेका हुन् ।